गौशाला २६ भन्दै पहिचान खुलाउने रास्वपा कार्यकर्ता निलम्बित

काठमाडौं, २६ पुस । गौशाला २६ को तस्बीर भन्दै सामाजिक सञ्जालमा पोस्ट गर्ने एक कार्यकर्तालाई राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बन गरेको छ।
क्रिकेटर सन्दीप लामिछानेबाट पीडित युवती गौशाला २६ भन्दै सामाजिक सञ्जालमा तस्बिर हाल्ने कार्यकर्ता दिवश सापकोटालाई बिहीबार निलम्बन गरिएको हो।
रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समिति सदस्य रहेका सापकोटालाई पार्टीको अनुशासन उल्लघंन आरोपमा निलम्बन गरिएको हो।
सापकोटा सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको ठहर रास्वपाले गरेको छ।

