प्रधानमन्त्री प्रचण्डले बोलाए गठबन्धनको बैठक

काठमाडौं, २४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका दलहरुको बैठक बोलाएका छन् । साँझ ५ बजेका लागिप्रधानमन्त्री निवास बालुवाटारमा बैठक डाकिएको हो ।

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने पूर्व तयारीका लागि बैठक बोलाइएको बुझिएको छ । गठबन्धनका दलहरुबीच अन्तर पार्टी समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक बोलाइएको एक नेताले बताएका छन् ।

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारीको मनोनयन भइसकेको छ । गठबन्धनका दलबाट कांग्रेसका १०, माओवादी केन्द्रका ६, एकीकृत समाजवादीका २ र जनता समाजवादीका एक जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आउँदो माघ ११ गते राष्ट्रिषसभामा रिक्त १९ सिटका लागि निर्वाचनको मिति तोकिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...