भाग्यमानी सिटौला-“देउवाको टिकट,शेखरको आशिर्वाद”

काठमाडौ,२३पुस। सशस्त्र युद्धमा रहेको माओवादी र तत्कालीन सातदल बिच शान्ति सम्झौताको कुरा अगाडी बढिरहदा झापाका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेपाली राजनीतिमा खासै चर्चा थिएन ।

जब १० बर्षे जनयुद्धलाई छाडेर पुष्पकमल दाहाल प्रचण्ड र डा.बाबुराम भट्टराई बिस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्न आइपुगे त्यसपछि एकाएक कांग्रेस नेता कृष्ण सिटौलाले राजनीतिमा छलाङ  मार्न थाले।

प्रचण्डले जनयुद्ध र शान्ती बार्तापछी जसरी राजनीतिमा छ्लाङ मार्ने र ‘ढाडमा टेकेर टाउकामा हान्ने’ रणनीति लिइरहेका हुन्थे त्यसको प्रभाव कांग्रेस नेता सिटौलामा समेत देखिन्थ्यो। तत्कालीन अवस्थामा धेरैले सिटौलालाई ‘प्रचण्ड-बाबुराम’को सवारी मन्त्री समेत भन्थे।त्यतिबेला कांग्रेस सभापति स्व.गिरिजाप्रसाद कोइरालाको बिश्वासपात्र बनेका सिटौला अहिलेसम्म आउँदा पटक-पटक मन्त्री र पार्टी महामन्त्री समेत बने। उनको अहिले आफ्नै गुट छ।

पार्टीमा आफ्नै गुट चलाएपनी उनको गुटले पार्टी सभापतिसंग ‘मागी खाने’ बाहेक अरु भुमिका खेलेको देखिन्न। तर,त्यो गुटमा बसेर उनी आफै पार्टी सभापतिमा उठ्ने,गगन थापालाई महामन्त्री उठाउने,प्रदिप पौडेललाई केन्द्रिय नेता बनाउने प्रयास गरेपनी कतै सफल भएको देखिएन। उनी आफै सभापति बन्न सकेनन् भने उनको गुटबाट उठेर गगनले महामन्त्री पनि जितेनन।तर,सिटौला गुटको भागमा कहिले मन्त्री,कहिले मुख्यमन्त्री र पार्टीमा केन्द्रिय सदस्यदेखि भ्रातृसंगठनमा समेत हिस्सा लागिरह्यो।

उनै सिटौला फेरि एकपटक संसदीय राजनीतिमा महत्त्वपूर्ण ठाउँमा निर्वाचित हुने पक्कापक्की भएको छ।आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्न पार्टी सभापति शेरबहादुर देउवाबाट ‘टिकट’ र पार्टी नेता डा.शेखर कोइरालाबाट ‘आशीर्वाद’ लिएर बिराटनगर पुगेका छन्।

पार्टीले गठबन्धनको भागबन्डामा पाएको १० सिट मध्य सिटौलाको मात्रै टिकट आइतबार कन्फर्म भएको हो। अन्यको टिकटमा अझै संस्थापन र शेखर-गगन समुह बिच चर्काचर्की छ। तर,सिटौला भने अब राष्ट्रिय सभामा पुग्नेमा ढुक्क छन् । कोशी प्रदेशमा गठबन्धनको मतभार एमालेको भन्दा झन्डै एक हजारले बढी छ।

२०७९ मंसिरको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देसँग पराजित उनी कोशी प्रदेशको अन्य कोटाबाट राष्ट्रिय सभामा उम्मेदवार बनेका हुन् । राष्ट्रिय सभामा सिटौला अध्यक्ष बन्ने दौडमा समेत रहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय