गृहमन्त्री श्रेष्ठलाई हटाउने तयारी, वर्षमान नयाँ गृहमन्त्री !

काठमाडाैं, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाउने तयारी गरेको खुलेको छ । स्रोतका अनुसार बालकुमारी घटना सहित पछिल्लो समय गृहमन्त्रीको कार्यशैलीमा प्रधानमन्त्री र माओवादी नेताहरू समेत सन्तुष्ट छैनन् ।
सरकारका मन्त्रीहरुको कार्यसम्पादन मुल्यांकन भइरहेको र मन्त्रीहरूलाई एक महिनामा काम देखाउन प्रधानमन्त्री दिएको समय सिमा नजिक आइरहेका बेला गृहमन्त्री श्रेष्ठ पहिलो निशानामा पर्ने देखिन्छ।
नेकपा माओवादी केन्द्रका मन्त्रीहरु मध्य उर्जामन्त्री शक्ति बहादुर बस्नेत र खानेपानी मन्त्री महेन्द्र राय यादवले कुनैपनी काम देखाउन सकेका छैनन् भने पर्यटन मन्त्री सुदन किराँती पनि बेलाबेला आफ्नै अभिव्यक्तिलाई लिएर विवादमा परिरहन्छन।
यसैगरी गृहमन्त्री श्रेष्ठ समेत चर्को कुरा गर्ने तर काम ढंगले नगर्ने भन्दै आलोचना खेपिरहेका छन् । यहि बिचमा प्रधानमन्त्रीले गृहमन्त्री परिवर्तन गर्ने मुड बनाइसकेको बुझिएको छ। स्रोतका अनुसार नयाँ गृहमन्त्रीमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तलाई ल्याउने तयारी छ।
एक वर्ष अगाडी सरकार निर्माणकै समयमा प्रधानमन्त्रीले बर्षमानलाई मन्त्री बनाउन चाहेका थिए तर,बर्षमान उपचाररत भएका कारण त्यसको फाइदा पार्टीमा शक्ति बस्नेतले लिएका थिए। सरकार गठनका बेला राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह दिएर रवि लामिछाने गृहमन्त्री बनेपनी लामिछाने नागरिकता बिबादमा परेर सांसद नरेपछी प्रधानमन्त्री आफैंले राखेका थिए।
माओवादी भित्रको जनार्दन शर्मा र बर्षमान पुन बिचको शक्ति संघर्षको फाइदा उठाउदै गृहमन्त्री बनेका श्रेष्ठले सुरुमा काम देखाउन खोजेपनी अहिले कुनै रिजल्ट नआएको भन्दै पार्टी भित्रै आलोचना खेप्नुपरेको छ। त्यस संगै सत्तामा रहेका घटक र बिपक्षी दल समेतले गृहमन्त्रीको राजिनामा माग्न थालेपछि उनलाई हटाउने प्रधानमन्त्रीको चाहना देखिएको हो।

