प्रचण्डलाई बालुवाटारबाट खुमलटार पठाउने हैसियत काँग्रेससँग छ: गगन थापा

काठमाडौं, १४ पुस । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री प्रचण्डले राम्रो काम नगरेमा उनलाई बालुवाटारबाट खुमलटार पुर्याइदिने चेतावनी दिएका छन्।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रचण्डलाई काँग्रेसले नै प्रधानमन्त्री बनाएको र काँग्रेसले नै फेरि पनि त्यहाँबाट हटाउन सक्ने बताएका हुन्।
‘हामीले जुन दिन चाहँदैनौँ वा प्रचण्डले राम्रो काम गर्न सक्नुभएन भने, खुमलटारबाट बालुवाटार ल्याउने हैसियत काँग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि काँग्रेसकै छ,’ महामन्त्री थापाले भने।
उनले नेपाली कांग्रेस सरकारमा भएको बेला धेरै काम गर्नुपर्ने पनि बताएका छन्। ‘काँग्रेसले सरकार चलाउने कुरामा योग्यता राख्न सकिरहेको छैन । अहिले फेरि हामीले जिम्मा पाएका छौँ । यो बेला हामीले काम गर्नुपर्छ,’ उनले भने।
उनले बालकुमारीमा शुक्रबार भएको घटना दुःखद् भएको पनि बताएका छन्।
(न्युज एजेन्सी नेपालबाट)

