बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, स्थानीयले जलाए बस

सिन्धुली, ९ पुस । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार विहान सवा आठ बजे बा. प्र. ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–१३ बस्ने २४ वर्षीय रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका–१० बस्ने १८ वर्षीया मुनाकला राई रहेका छन् ।

घटनापछि बसलाई स्थानीयले आगो लगाइदिएका थिए भने राजमार्ग पनि अवरुद्ध गरेका छन् । राजमार्ग खुलाउने प्रयास भइरहेको छ । बस र चालकलाई इलाका प्रहरी कार्यालय खुर्कोटले नियन्त्रणमा लिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय