घाँस काट्न गएका सासु-बुहारीलाई बाघले आक्रमण गर्दा ज्यान गयो

नवलपुर, ९ पुस । नवलपुरमा बाघको आक्रमणबाट दुईजना महिलाको मृत्यु भएको छ ।  घाँस काट्न जङ्गल गएका बेला बाघले आक्रमण गर्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा नवलपुरकी ५९ वर्षीया मनादेवी पौडेल र उनकी बुहारी २८ वर्षीया विष्णु पौडेल छन् । गाउँले र प्रहरी मिलेर राति नै खोज्दा उनीहरुको शव सडकबाट एक किलोमिटर भित्र विनयी सामुदायिक वनमा फेला परेको थियो ।

घाँसदाउरा लिन आइतबार दिउँसो अन्य साथीहरु पनि भएर सँगै जङ्गल गएका उनीहरू अबेरसम्म पनि घर नफर्किएपछि खोजी गर्दा बाघको आक्रमणमा परेको अवस्थामा भेटिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय