पुर्वगृहमन्त्री खाणलाई आज सम्पत्ति शुद्धीकरण लगिदै


काठमाडौ,२९मंसिर।भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता तथा पुर्व गृहमन्त्री बालकृष्ण खाणलाई आज सम्पत्ति शुद्धीकरण बिभाग लगिने भएको छ।

हाल कारागारमा रहेका खाणलाई बिहिवार उच्च अदालतले ३० लाख धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो। पूर्व गृहमन्त्री खाणलाई आज(शुक्रबार) सम्पत्ति शुद्धीकरण विभाग लगिने र त्यसपछिमात्रै छाड्ने वा थुनामा राख्ने भन्ने निर्णय हुनेछ।

मंसिर १५ गते खाणलाई धरौटीमा छाड्ने कि कारागार मै राख्ने भन्नेमा दुई न्यायाधीश बिचको राय बाझिएपछि हिजो  बिहीबार तेस्रो न्यायाधीश कृष्णराम कोइरालाको आदेशसँगै आज खाणले ३० लाख धरौटी जम्मा गरेर रिहा हुने तयारी छ। तर उनलाई यो मुद्दामा रिहा हुने भएपनि केन्द्रीय कारागार सुन्धाराले सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाउने भएको हो।

नक्कली शरणार्थी प्रकरणमा अभियुक्त बनाइएका सबै प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा पनि मु्द्दा चलिरहेको छ। यसअघि मंसिर १५ गते उच्च अदालतले रिहा गर्न आदेश दिएका र त्यसअघि जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएकाहरुलाई पनि सम्पत्ति शुद्धीकरण विभागमा लगिएको थियो।

सम्पत्ति शुद्धीकरण विभागले पनि अदालतबाट धरौटीमा रिहा भएकाहरुलाई अदालतको भन्दा आधा कम धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सम्पत्ति शुद्धीकरण विभागबाट भोलि नै रिहा भए खाणलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा लगिने छ। यदि शुक्रबार सम्पत्ति शुद्धीकरण विभागमा नटुंगिए खाण शुक्रबार पनि छुट्ने सम्भावना हुने छैन।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री खाण गत वैशाख २७ गते चाबहिलस्थित निवासबाट पक्राउ परेका थिए। ७ महिना पूरा जेल बसेपछि उनी रिहा हुन लागेका हुन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय