संघीय संसद सचिवालयका महासचिव गौतमले दिए राजीनामा

काठमाडौं, २५ मंसिर । संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन् । राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार उनले पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन्।

गौतमको पदावधि अझै ८ महिना बाँकी थियो। गौतमले राजीनामाको कारण खुलाएका छैनन् । उनको राजीनामा भने स्वीकृत भइसकेको छ ।

गौतम २०७७ वैशाख २२ गते संघीय संसद सचिवालयको महासचिवमा नियुक्त भएका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...