पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा अनिशा र भावनाको ज्यान गयो

पोखरा, २४ मंसिर । पोखरामा सवारी दुर्घटना हुँदा दुई युवतीको ज्यान गएको छ ।

पोखराबाट लेखनाथतर्फ जाँदै गरेको गण्डकी बी एए ००४१ नम्बरको कारले पोखरातर्फ आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई अर्घौंचोक नजिकै ठक्कर दिएको थियो ।

दुर्घटनामा परी पोखरा हेम्जाकी २३ वर्षीया अनिशा खड्का र जिरोकिमीकी २४ वर्षीया भावना बराल गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनीहरुको ज्यान गएको हो ।

तीव्र गतिमा भएको कारले स्कुटरलाई ठक्कर दिएको स्थानीयले बताएका छन् । ठक्कर दिएपछि कार पनि सडकछेउमा पल्टिएको थियो भने स्कुटर कारमूनि परेको थियो ।

घटनापछि कार चालक प्रहरीको नियन्त्रणमा छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय