प्रधानमन्त्री प्रचण्डले भेटे बिपिन जोशीका परिवार

काठमाडौं, २२ मंसिर । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलमा हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बुवाआमासँग भेटेका छन् ।

सुदूरपश्चिम महोत्सवका लागि धनगढी जाने क्रममा कैलाली विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले जोशीका परिवारसँग भेटेको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

जोशीको रिहाका लागि कुटनीतिक रुपमा सरकारबाट भरपुर पहल भइरहेको चाँडै नै नतिजा आउने गरी काम भइरहेको कुरा प्रधानमन्त्री प्रचण्डले कुरा राखेको बताइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...