विश्‍वकप लिग २ को पहिलो श्रृंखला आगामी फागुनमा नेपालमै हुने

नेपाल, नामिबिया र नेदरल्यान्ड्स बीच श्रृंखला

काठमाडौं, १५ मंसिर । नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ को पहिलो श्रृंखला आगामी फागुनमा खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच आगामी फागुन ५ देखी (फेब्रुअरी १७) देखि नेपालमै हुने जनाएको छ ।

श्रृंखलामा तीनवटै टोलीले एकअर्कासँग २ २ खेल खेल्ने छन् । यस पटक देखी नेदरल्यान्ड्सले पनि लिग-२ नै खेल्दै छ । नेदरल्यान्ड्सले भर्खरै सम्पन्‍न विश्‍वकप क्रिकेट पनि खेलेको थियो र टेस्ट राष्ट्र बङ्गलादेश र दक्षिण अफ्रिकालाई पनि हराएको थियो । ।

२०२७ सम्म चल्ने लिग–२ मा नेपाल, युएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडा छन् । सबै टोलीले विभिन्‍न समयमा गरी कुल ३६ खेल खेल्ने छन् ।

यसअघि २०१९ देखी २०२३ सम्म चलेको लिग २ मा नेपालले तेस्रो स्थानमा रहँदै जिम्बावेमा विश्वकप छनोट खेलेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय