गठबन्धनको छेस्कोले अडिएको सरकार जुनसुकै बेला ढल्न सक्छ: ओली

डडेल्धुरा, १५ मंसिर । पुर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अबको केही समयमा आफैं ढल्ने दाबी गरेका छन् ।

समृद्धिका लागि संकल्प यात्राअन्तर्गत डडेलधुरामा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै उनले अहिलेको सरकार गठबन्धनको छेस्काले अडिएको र जुनसुकै बेला आफैं ढल्न सक्ने बताएका हुन् ।

‘हामीले अहिले मिसन ८४ भनिरहेका छौं । यहीबीचमा यो सरकार कसैले ढाल्नुपर्दैन, हल्लिराखेको छ’ उनले भने, ‘यो सरकार आफैं ढल्न पनि सक्छ कुनै समय । यो गठबन्धनको छेस्का अड्याएको सरकार हो । यसको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम छैन ।

त्यस्तै उनले नेपाली काँग्रेस पनि प्रचण्डपथको भरिया बनेको टिप्पणी समेत गरे ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय