प्रधानमन्त्री प्रचण्ड आज युएई जाँदै

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज युएई जाँदै छन्। युएईको दुबईमा भोलिदेखि सुरू हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८ औं सम्मेलन (कोप-२८)मा भाग लिन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल आज युएई जान लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आज बेलुका साढे ९ बजेको फ्लाइटमार्फत युएई प्रस्थान गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड त्यहाँ हुने विभिन्न साइडलाइन समारोहमा पनि सहभागी हुनेछन्।

प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुख/सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको मन्त्रालयले जनाएको छ।

यससपालिको कोप सम्मेलनमा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको समस्याबारे कुरा उठाउने तयारी गरेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय