घुस लिँदै गर्दा पक्राउ परे सई साउद

बर्दिया, १३ मंसिर । बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउद ३० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागिरहेको अवस्थामा नेपालगञ्जबाट पक्राउ गरिएको जनाएको छ।
उनले लागूऔषधको मुद्दा मिलाइदिने काममा सहजीकरण गरिदिने भन्दै घुस मागेको आयोगले जनाएको छ।
यसबारेमा थप अनुसन्धान भइरहेको छ ।

