दुई खेल अगावै श्रृंखला आफ्नो पोल्टामा पार्ने दाउमा भारत

काठमाडौं, १२ मंसिर । भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टी-२० क्रिकेट श्रृंखलाअन्तर्गत तेस्रो खेल आज हुँदै छ । गुवाहाटीमा साँझ सवा ७ बजेदेखि खेल सुरु हुने छ ।
श्रृंखलामा भारत २-० ले अगाडि छ । बिहिबार भएको पहिलो खेलमा भारतले अस्ट्रेलियाविरुद्ध अन्तिम बलमा २ विकेटको रोमाञ्चक जीत हासिल गरेको थियो । त्यस्तै आइतबार भएको दोस्रो खेलमा भारत ४४ रनले विजयी भएको थियो।
अस्ट्रेलिया आजको खेलमा जीत निकाल्दै श्रृंखलामा कमब्याक गर्ने सोचमा हुने छ । भारत भने आजको खेल जित्दै दुई खेल अगावै श्रृंखला जित्ने दाउमा हुने छ ।
पहिलो र दोस्रो खेल नखेलेका अस्ट्रेलियाका विश्वकप विजेता स्टार खेलाडी ट्राभिस हेड आज खेल्ने सम्भावना छ ।

