वैशाखमा लगानी सम्मेलन गर्ने तयारीमा सरकार

काठमाडौं, १० मंसिर । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरेको छ। सरकारले आयोजना गर्ने यो लगानी सम्मेलन तेस्रो संस्करण हो।

आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने तयारी छ । यसका लागि अर्थ मन्त्रालयको संयोजनामा निर्देशन समिति बनेको छ भने थप विभिन्न समिति बनेका छन्।

निर्देशन समितिको आइतबार पहिलो बैठक बसेको छ। लगानी सम्मेलनको तयारी, विगतका कमजोरी सच्याउने र त्यस अनुभवबाट पाठ सिक्ने र सम्मेलनमा सहभागीहरूमा कस्ता प्रस्ताव लैजाने भन्ने विषय बैठकमा छलफल भएको छ।

सम्मेलनामा नेपाली, वैदेशिक लगानीकर्ता र गैरआवासीय लगानीकर्ताहरूको सहभागिता रहनेछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय