भारत र अस्ट्रेलियाबीचको दोस्रो टी-२० खेल आज

काठमाडौं, १० मंसिर । भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टी-२० क्रिकेट श्रृंखलाअन्तर्गत दोस्रो खेल आज हुँदै छ । तिरुवन्तपुरममा साँझ सवा ७ बजेदेखि खेल सुरु हुने छ ।

श्रृंखलामा भारत १-० ले अगाडि छ । बिहिबार भएको पहिलो खेलमा भारतले अस्ट्रेलियाविरुद्ध अन्तिम बलमा २ विकेटको रोमाञ्‍चक जीत हासिल गरेको थियो ।

अस्ट्रेलिया आजको खेलमा जीत निकाल्दै श्रृंखला बराबरी गर्ने सोचमा हुने छ । पहिलो खेलमा नखेलेका स्टार खेलाडीहरु ट्राभिस हेड, ग्लेन म्याक्सवेल र एडम जाम्पा आज खेल्ने सम्भावना छ ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय