राजसंस्था र हिन्दु राष्ट्र बारे कांग्रेस स्पष्ट हुन आवश्यक : नेता पोखरेल

काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसका नेता एवं पुर्व महासमिति सदस्य तथा काठमाडौ २ र ३ का पुर्व क्षेत्रीय सभापति परशुराम पोखरेलले जनताको असन्तुष्टि सम्बोधन गर्दै राजसंस्था र हिन्दु राज्यबारे नेपाली कांग्रेस स्पष्ट हुनुपर्ने बताएका छन् ।

काठमाडौ सुन्दरीजल स्थित वीपी संग्रहालयको संस्थापक अध्यक्ष रहेका नेता पोखरेलले नेपाली कांग्रेसले जनताको अहिलेको चरम असन्तुष्टीलाई सम्बोधन गरेर राज संस्थाको बारेमा र हिन्दु राज्य स्थापनाबारे स्पष्ट पार्न जरूरी भएको बताएका हुन्। ‘जनताले जित्दा नेपाली कांग्रेसले जित्ने हो जनता कहिल्यै हार्दैनन्। यो मूलमन्त्रलाई कांग्रेस नेताले बिर्सन हुँदैन’-पोखरेलले भनेका छन्।

जन नायक वी पी कोइरालाको राजनितीक दस्ताबेजमा उल्लेख गरिएको ‘राजसंस्था नेपालको लागि अपरिहार्य’ भन्ने कुरालाई स्मरण गराउदै नेता पोखरेलले कांग्रेस महामन्त्री गगन कुमार थापालाई समेत स्पष्ट हुन आग्रह गरेका छन् । महामन्त्री थापाले ‘जनतासंग हजारौ पटक माफी माग्न पर्छ’ भनेर दिएको अभिव्यक्तिलाई पनि नेता पोखरेलले यति सजिलै जनताले माफी देलान? भनेर सम्झाएका छन् ।

उनले पार्टीका बारेमा गरिएका सार्वजनिक टिप्पणीलाई समेत उल्लेख गर्दै लेखेका छन् -‘यो मेरो भनाइ होइन, सरकारमा बस्दा पनि भ्रष्टाचार,पार्टीमा पनि चुनाबको टिकट बेच्ने।पद जति आसे पासे चाकडीबाजलाई दिने रज गज चलाएर बस्ने छोटे राजा आफै बन्ने।जनता र कार्यकर्तालाई भरौटे ठान्ने अब सहन सकिदैन भनेर हामी जनता र दलका कार्यकर्ता स्वयं सडकमा ओर्लन लाग्यौ।यो आन्दोलनमा हामी सबै दलका जिम्मेवार मानिसहरूको सहभागिता रहेको छ।’

पोखरेलले लेखेका छन्-‘दुर्गा प्रसाई झिल्को बनेर आएका छन्।डढेलो लाग्नबाट कांग्रेसले रोक्नु पर्छ।अकर्मन्ड्यता राजनितीक दलका नेताकै हो।राज संस्थालाई जनताले यसै चिहानबाट उठाउन लागेका हैनन्।बुझ्नोस नेतागणहरू।’

नेता पोखरेलले वी पी कोइरालाको सात वटा मुद्धाको सजायमा मृत्यूदण्डको माग भएको स्मरण गराउदै अगाडी लेखेका छन्-‘वी पीको नेतृत्वमा राजा बिरूद्ध हतियार उठे।बम प्रहार भयो।राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा कमाएको हवाइजहाज अपहरण भयो।राष्ट्रपती पदको प्रस्ताबलाई समेत वी पी ले अस्विकार गर्नु भयो, राजसंस्था नेपालको लागि आबश्यक छ।बिकल्प छैन भनेर सधै भन्नु भयो।

यसैले समय नघर्कदै नेपाली कांग्रेसले जनताको अहिलेको चरम असन्तुष्टीलाई सम्बोधन गरेर राज संस्थाको बारेमा र हिन्दु राज्य स्थापनामाका बारेमा स्प्रष्ट पार्न जरूरी छ।’२०३६/०३७ को जनमत संग्रहका बेला नेपाली कांग्रेस सुन्दरीजल,नयाँपाटीका अध्यक्ष रहेका पोखरेल गणतान्त्रिक आन्दोलन ०६२-०६३ मा काठमाडौ क्षेत्र नं २ को इन्चार्ज र केन्द्रिय स्वास्थ संयोजक समेत थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय