मकवानपुर केन्द्रविन्दु भएर मध्यराति भूकम्प

हेटौंडा, ७ मंसिर । मकवानपुर केन्द्रविन्दु भएर मध्यराति भूकम्प गएको छ ।
राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भुकम्पको धक्का काठमाडौं तथा आसपासका जिल्लामा पनि महसुस भएको थियो ।

