माओवादीले मलाई ०६४ सालमै षड्यन्त्र गरेर मार्न खोजेको थियो- केपी ओली

काठमाडौं, ३ मंसिर । पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०६४ सालको संविधान सभा निर्वाचनमा नै तत्कालीन नेकपा माओवादीले आफूलाई घेरेर मार्ने षड्यन्त्र बनाएको खुलासा गरेका छन्।

अध्यक्ष ओलीले माओवादीले युद्ध छाडेको १७ वर्ष हुँदा पनि अझै आतंक मच्चाउन नछाडेको समेत आरोप लगाए । उनले माओवादी नामको पार्टी कुनै कम्युनिस्ट पार्टी नै नभएको र यो आतंककारी शक्ति नै रहेको समेत टिप्पणी गरे।

एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै ओलीले माओवादी कार्यकर्ताले अझैं आतंक नछाडेको समेत दोहोर्‍याए । ‘देशका नेताहरूमाथि हल्काफुल्का ढंगले आक्रमण हुँदै गयो। माओवादी व्यवहार अझै आतंककारी नै छ । हुन त उसले छाडेको भनेको थियो,’ ओलीले भने, ‘मलाई पनि ०६४ को निर्वाचनमा घेरेर मार्ने षड्यन्त्र गर्‍यो। असिना बर्साएजसरी ढुंगा बर्सायो । त्यो मार्नकै लागी थियो । नमार्न खोजेको भए के त्यो ढुंगाको सम्मान हो ? वा फूलवर्षा गरेको?’

अध्यक्ष ओलीले केही समयअघि कोशी प्रदेशमा पनि आफुमाथी पहिचानवादीको नाममा मार्ने उदेश्यले नै आक्रमण भएको बताए। झापा र इलामा जादा पहिचानको आन्दोलन भन्दै आफूमाथि मार्ने उद्देश्यले ढुंगा बर्साइएको उनले आरोप लगाए।

उनले आफू माथी आक्रमण गर्नेलाई सरकारले कारबाही गर्नुपर्नेमा संरक्षण गरेको समेत बताए। ‘अस्ति पहिचानवादीका नाममा ममाथि ढुंगा बर्साइयो। माओवादी लगायतका मान्छेलाई एकछिन थुन्दा ती राजनीतिक मान्छे हुन तीनले ढुंगा हान्न पाइन्छ भनेर सीडीओ कार्यालयमा पुगे। कस्तो रहेछ त राज्यको नीति, नियत?,’ उनले भने।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय