नेसपाको केन्द्रीय समिति बैठक मंसिर ६ र ७ गते

काठमाडौं, २ मंसिर । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठक मंसिर ६ र ७ गते बस्ने भएको छ ।

बैठकमा पार्टी एकताका लागि माओवादी केन्द्रले पठाएको पत्र, एकीकरणका लागि समायोजन समिति बनाउने विषयमा छलफल हुने पार्टीले जनाएको छ ।

यस्तै नेसपाको जारी अभियान, सङ्गठन सुदृढीकरणलगायत विषयमा पनि छलफल हुने जनाइएको छ । बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने वा नगर्नेबारे पनि निर्णय गर्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...