फिफा विश्वकप छनौट: नेपालले बलियो युृएईसँग खेल्दै

काठमाडौं, ३० कात्तिक । फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । दुबईमा हुने खेल आज राति साढे ९ बजेदेखि सुरु हुने छ ।
पहिलो चरणमा लाओसलाई समग्रमा २-१ गोलले हराउँदै नेपालले दोस्रो चरणको यात्रा तय गरेको हो । नेपाल रहेको समूहमा यूएईका साथै बहराइन र यमन रहेका छन् ।
युएई वरीयताका आधारमा धेरै बलियो टोली हो । नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले युएई बलियो टोली रहेको बारे सचेत रहेको बताए ।
‘प्रशिक्षकको रुपमा धेरै बलिया टोलीहरुसँग खेलेको मसँग अनुभव छ । त्यसैले बलिया टोलीहरुको स्तरबारे जानकार छौं,’ उनले भने, ‘यूएई पनि राम्रो टोली हो तर हामी तयार छौं ।’

