भाटभटेनीको वार्षिक व्यापार २९ अर्ब ८७ करोड

काठमाडौं, २० कार्तिक । देशकै ठूलो सुपरमार्केट भाटभटेनी सुपर स्टोर्सको व्यापार १०.२८ प्रतिशतले बढेको छ। गएको एक वर्षमा भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर्स प्रालिले २९ अर्ब ७० करोड रुपैयाँको व्यापार गरेको देखिएको छ।
सन् २०२१ मा भाटभटेनीले २६ अर्ब ९३ करोड रुपैयाँको व्यापार गरेको थियो। एक वर्षको बीचमा भाटभटेनीको कारोबार २ अर्ब ७७ करोड रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
भाटभटेनीले २०२१ मा १९ अर्ब ९९ करोड ७० लाख, २०२० मा १९ अर्ब ३६ करोड २० लाख र २०१९ मा १७ अर्ब ९९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो। भटभटेनीको व्यापार बढ्दै गएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
भाटभटेनी सुपरमार्केट मुलुककै सबैभन्दा ठूलो चेन हो। जसले उपभोक्ताहरू र आपूर्तिकर्ताहरूलाई एउटै स्थानमा ल्याएको छ।नेपालको बढ्दो सहरीकरण र कम्पनीको नेटवर्क विस्तारको अभियानले पछिल्ला वर्षमा आम्दानीमा वृद्धि गरेको छ। गएको ५ वर्षमा आम्दानी औसत १४ प्रतिशत बढेको छ। अर्थतन्त्रमा भएको वृद्धिले कम्पनीको सञ्चालन नाफा राम्रो छ। भाटभटेनीको १२ अर्ब ८७ करोड रुपैयाँ ऋण रहेको छ।
भाटभटेनीको स्थापना सन् १९९२ मा मीनबहादुर गुरुङले गरेका हुन्। यो मुलुकको पुरानो र सबैभन्दा ठूलो सुपरमार्कोट हो। अहिलेसम्म मुलुकका प्रमुख सहरहरुमा दुई दर्जन डिपार्टमेन्टल स्टोर्सहरु सञ्चालनमा छन्। आगामी वर्ष थप दुई स्टोर्स सञ्चालनको तयारीमा रहेको भाटभटेनीले जनाएको छ।
एउटा स्टोर्स छिट्टै सञ्चालनमा आउने भएको छ। दुई वर्षमा थप ६ वटा स्टोर्स सञ्चालनमा आइसकेको छ। आउँदो वर्ष ३ वटा थप्ने योजना रहेको छ। २०२१ को अन्त्यसम्म १८ वटा स्टोर्स सञ्चालनमा थिए। पछिल्लो समय भाटभटेनीले मुलुकभरी आफ्नो उपस्थिती बढाउँदै लगेको छ।
आगामी सन् २०२४ सम्म भाटभटेनी स्टोर्सको संख्या २७ पुग्ने छ। भाटभटेनीमा ६० प्रतिशत हिस्सा मीनबहादुर र ४० प्रतिशत उनका श्रीमति सावित्री घले गुरुङको छ।

