गुल्शन र रोहितको अर्धशतकमा नेपालद्वारा ओमानलाई बलियो लक्ष्य

काठमाडौं, १८ कात्तिक । आइसिसी टी-२० विश्‍वकप एसिया छनौटको फाइनलमा आइतबार नेपाल र ओमान खेलिरहेका छन् ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनायो ।

नेपालका लागि गुल्शन झाले विस्फोटक ब्याटिङ गर्दै २० बलमै अर्धशतक प्रहार गरे । उनले ५४ रन बनाए भने कप्तान रोहित पौडेल ५२ रनमा अविजित रहे । कुशल भुर्तेलले ३१ रन बनाए ।

ओमानका लागि बिलाल खानले ४ ओभरमा २६ रन दिएर ३ विकेट लिए । त्यस्तै आकिब इलियासले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । कप्तान जिशान मकसुदले ४ ओभरमा २७ रन दिएर १ विकेट लिए ।

दुवै टोली आगामी वर्ष हुने टी२० विश्‍वकपमा छनौट भइसकेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय