अदालतको फैसलासँगै रिगल प्रहरीको नियन्त्रणमा

बाँके, १६ कात्तिक । योगराज ढकाल ‘रिगल’लाई बाँके प्रहरीले पक्राउ गरेको । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
२०७२ असारमा बाँकेको नेपालगञ्जमा खुँडा प्रहार गरेर चेतन मानन्धरको हत्या गरेको अभियोगमा अदालतबाट दोषी ठहर भएका रिगलले जन्मकैदको सजाय भोगिरहेका थिए ।
सरकारले यसै वर्ष संविधान दिवसका अवसरमा कैद माफी दिएपछि उनी जिल्ला कारागार, दाङबाट छुटेका थिए । अब उनी फेरि कारागार चलान हुने छन् ।
अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न आदेश दिएको छ ।

