कुवेतसँग हारका बाबजुद बहराइन सेमिफाइनलमा

काठमाडौं, १६ कात्तिक । बहराइन आइसिसी टी२० विश्वकप एसिया छनौटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहिबार भएको खेलमा कुवेतसँग पराजित भएपनि नेट रनरेटमा हङकङभन्दा झिनो अन्तरले अगाडि रहँदै बहराइनले सेमिफाइनल खेल्ने तय भएको हो ।
बहराइनले विश्वकपमा छनौट हुनका लागि ओमानसँग टियु क्रिकेट मैदानमा शुक्रबार खेल्ने छ । मुलपानीमा नेपाल र युएई अर्को सेमिफाइनल खेल्ने छन् ।
बहराइनले दिएको १६० रनको लक्ष्य कुवेतले २१ बल बाँकी छँदै पूरा गर्यो । १६ ओभरमा पूरा गरेको भए हङकङ सेमिफाइनलमा पुग्ने समीकरण थियो ।

