विश्वकप छनौटको सेमिफाइनलमा टिकट मूल्य बढ्यो

काठमाडौं, १६ कात्तिक। काठमाडौंमा जारी आइसिसी टी२० विश्वकप छनौट अन्तर्गत सेमिफाइनलका खेल हेर्नका प्रवेश टिकट शुल्क बढाइएको छ ।
समूह चरणमा २०० रुपैयाँ तोकिएको टिकट मूल्य बढाएर ३०० रुपैयाँ तोकिएको छ । सेमिफाइनलका खेलहरु भोलि हुँदै छन् ।
नेपाल र युएईबीच मुलपानी क्रिकेट मैदानमा खेल हुने छ भने ओमान र समूह बी को उपविजेताबीचको सेमिफाइनल त्रिवि क्रिकेट मैदानमा हुने छ ।

