विश्वकप क्रिकेटमा आज भारत र श्रीलंका भिड्दै

काठमाडौं, १६ कात्तिक । आइसिसी क्रिकेट विश्वकपमा आज घरेलु टोली भारत र श्रीलंकाबीच खेल हुँदै छ । मुम्बईस्थित वाङ्खेडे रङ्गशालामा दिउँसो सवा २ बजेदेखि खेल सुरु हुने छ ।
भारत यस विश्वकपमा हालसम्म अपराजित रहने एक्लो टोली हो । भारत आज श्रीलंकालाई हराएमा सेमिफाइनलमा पुग्ने पहिलो टिम बन्ने छ । श्रीलंकाले सेमिफाइनल सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्ने छ ।
श्रीलंकाको ६ खेलमा २ जीतसहित ४ अंक छ । बढीमा १० अंकसम्म पुग्ने छ । खेल जितेर अरु टोलीको नतिजामा पनि भर पर्ने छ ।

