तपाईहरुले देश बेच्नुभयो भने काठमाडौं एक्लै नेपाल बनेर उभिनेछ: बालेन

काठमाडौं, १५ कात्तिक । काठमाडौं महानगरका मेयर बालेन शाहले काठमाडौं बिक्रिमा नरहेको टिप्पणी गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमा लेख्दै उनले नेताहरुले देश बेच्न खोजिसकेको र बेचियो भने पनि काठमाडौं एक्लै नेपाल बनेर उभिने बताए ।
मङ्गलबार फोहोर व्यवस्थापनसँग सम्बन्धित उपत्यकाका मेयरहरुको बैठक छाडेर हिँडेको विषयमा टिप्पणी हुन थालेपछि उनले यस्तो प्रसङ्ग निकालेका हुन् ।
उनले उक्त बैठक निजी कम्पनीबाट पैसा खाएर बसाइएको बैठक भनेर समेत बताएका छन् ।

