विश्वकपमा आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं, १५ कात्तिक । भारतमा जारी आइसिसी क्रिकेट विश्वकप अन्तर्गत आज न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच खेल हुँदै छ । पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन रङ्गशालामा खेल दिउँसो सवा २ बजेदेखि सुरु हुने छ ।
दुवै टोलीको सेमिफाइनलमा पुग्ने बलियो सम्भावना रहेको छ । न्युजिल्यान्डले ६ खेलमा ८ अंक जोड्दै तेस्रो स्थानमा छ भने दक्षिण अफ्रिकाले ६ खेलमा १० अंक जोड्दै दोस्रो स्थानमा छ ।
विश्वकपमा यी दुई टोलीबीच हालसम्म ८ पटक भिडन्त भएको छ जसमा न्युजिल्यान्डको इतिहास बलियो छ । न्युजिल्यान्डले ६ खेल जित्दा दक्षिण अफ्रिकाले २ खेल मात्र जितेको छ ।
यस विश्वकपमा दुवै टोली राम्रो फर्ममा रहेका छन् । आजको खेल एक ‘हाइ भोल्टेज म्याच’ हुने अनुमान गरिएको छ ।

