टी२० विश्‍वकप छनौट: हङकङले कुवेतलाई हरायो

काठमाडौं, १३ कात्तिक । काठमाडौंमा जारी आइसिसी टी-२० विश्‍वकप एसिया फाइनल्सअन्तर्गत समूह बी को दोस्रो खेलमा हङकङले जीत निकालेको छ । हङकङले कुवेतलाई १६ रनले हराएको हो ।

हङकङले दिएको १६७ रनको लक्ष्य पछ्याएको कुवेत पूरा २० ओभर खेल्दै ८ विकेट गुमाएर १५० रनमै रोकियो । कप्तान मोहम्मद असलमले ५२ रन बनाए पनि जीतका लागि पर्याप्त हुन सकेन । बिलाल ताहिरले ३६ रन बनाए ।

हङकङका एइजाज खानले ४ ओभरमा ३० रन दिएर ३ विकेट लिए । त्यस्तै एहसान खान र आयुष शुक्लाले २-२ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो । मार्टिन कोट्जीले ८१ रन बनाएका थिए ।

कुवेतका सैद मुनिबले २ विकेट लिए भने मोहम्मद मनक्कदावद, मोहम्मद असलम र शिराज खानले १-१ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...