टी-२० विश्‍वकप छनौटमा युएईको पनि विजयी सुरुवात

काठमाडौं, १३ कात्तिक । काठमाडौंमा सोमबारदेखि सुरु भएको आइसिसी टी-२० विश्‍वकप एसिया फाइनल्सको आफ्नो पहिलो खेलमा युएईले पनि जीत हासिल गरेको छ । युएईले बहराइनलाई ५ विकेटले हराएको हो ।

मुलपानी क्रिकेट मैदानमा बहराइनले दिएको १३६ रनको विजयी लक्ष्य युएईले १० बल अगावै ५ विकेटको क्षतिमा भेट्टायो । युएईका लागि अली नासिरले अविजित रहँदै ४८ रन बनाए । त्यस्तै अलशान शराफुले २७ तथा आसिफ खानले २३ रन बनाए ।

बहराइनका लागि रिजवान बट्टले ४ ओभरमा १८ रन दिएर २ विकेट लिए । सथिया विरापथिरान, अब्दुल माजिद र सचिन कुमारले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो । युएईका हैदर बट्टले अविजित रहँदै सर्वाधिक ५९ रन बनाएका थिए । युएईका जुनेद सिद्दिकी र आयान अफजल खानले २ २ विकेट लिए । त्यस्तै अली नासिर र कार्तिक मेइयाप्पनले १-१ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...