त्रिदेशीय सिरिजको उपाधिका लागि आज नेपाल र युएई खेल्दै

काठमाडौं, १० कात्तिक । नेपाल, हङकङ र युएई सम्मिलित नेपाल टी-२० त्रिकोणात्मक श्रृंखलाको उपाधिका लागि आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै छ । काठमाडौंको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा विहान ११ बजेदेखि फाइनल खेल सुरु हुनेछ ।

फाइनलमा आउनु अघि नेपाल चारवटै खेलमा विजयी भएको थियो । युएईले भने एक खेल मात्र जितेको थियो । नेपालसँग दुवै खेलमा पराजित भएको युएईले हङकङलाई एक खेलमा  हराउँदा एक खेलमा पराजित भएको थियो ।

यस श्रृंखलालगत्तै नेपालमै हुने आईसीसी टी-२० विश्वकप एसिया छनोटको तयारीका लागि यो प्रतियोगिता महत्वपूर्ण रुपमा हेरिएको छ । दुवै कप्तानले यस श्रृंखलाबाट धेरै कुरा सिक्ने र सुधार गर्ने अवसर रहेको बताएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय