विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र नेदरल्यान्ड्स खेल्दै

काठमाडौं, ८ कात्तिक । भारतमा जारी आइसिसी क्रिकेट विश्वकप २०२३ अन्तर्गत बुधबार अस्ट्रेलिया र नेदरल्यान्ड्सबीच खेल हुँदै छ । दिल्लीस्थित अरुण जेट्ली क्रिकेट रङ्गशालामा दिउँसो सवा २ बजेदेखि खेल सुरु हुने छ ।
अस्ट्रेलियाले हालसम्म खेलेका ४ खेलमा २ खेलमा जीत निकालेको छ । सुरुका दुई खेलमा पराजित भएको अस्ट्रेलियाले पछिल्ला दुई खेल जितेको छ ।
नेदरल्यान्ड्सले भने चारमध्ये एक खेल जितेको छ । नेदरल्यान्ड्सले दक्षिण अफ्रिकामाथि ऐतिहासिक जीत हासिल गरेको थियो ।
नेदरल्यान्ड्स पाँचपटकको विजेता अस्ट्रेलियाविरुद्ध पनि ऐतिहासिक जीत निकाल्ने दाउमा हुने छ ।
जित्ने सम्भावना:
अस्ट्रलिया: ८५ % | नेदरल्यान्ड्स: १५ %

