बासिल हामिदको विस्फोटक इनिङमा युएईद्वारा नेपाललाई बलियो लक्ष्य

काठमाडौं, ६ कात्तिक । नेपाल, हङकङ र युएई सम्मिलित नेपाल टी-२० त्रिकोणात्मक श्रृंखलाको पाँचौं खेलमा नेपाल र युएईबीच खेल भइरहेको छ ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले नेपाललाई १६५ रनको लक्ष्य दिएको छ ।
युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनायो । युएईका बासिल हामिदले १९ बलमा ४५ रनको विस्फोटक इनिङ खेले । उनले ५ छक्का प्रहार गरेका थिए । त्यस्तै वृत्या अरविन्दले ४५ रन बनाएर आउट भए ।
नेपालका लागि अविना बोहराले ४ ओभरमा २८ रन दिएर २ विकेट लिए । त्यस्तै सोमपाल कामीले ४ ओभरमा ३३ रन दिएर २ विकेट लिए ।

