धादिङ केन्द्रविन्दु भएर ६.१ म्याग्‍निट्युडको भूकम्प

काठमाडौं, ५ कात्तिक । आइतबार विहानै भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्‍निट्युडको भुकम्प  गएको हो ।

काठमाडौं, चितवन, गोरखा लगायतका जिल्लामा भूकम्पको ठुलो धक्का महसुस भएको थियो ।

धादिङमा अझै पनि पराकम्पनको क्रम जारी रहेको छ भने सर्वसाधारण त्रसित बनेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय