वार्नर र मार्शको शानदार शतकमा अस्ट्रेलियाको विशाल योगफल

काठमाडौं, ३ कात्तिक । भारतमा जारी आइसिसी क्रिकेट विश्‍वकपअन्तर्गत शुक्रबार अस्ट्रेलिया र पाकिस्तानबीच खेल भइरहेको छ ।

बैङ्गलोरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले विशाल योगफल खडा गरेको छ । अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३६७ रन बनायो ।

अस्ट्रेलियाका लागि दुई ओपनर डेभिड वार्नर र मिचेल मार्शले शानदार शतक प्रहार गरे । दुईले पहिलो विकेटका लागि २५९ रनको दोहोरो शतकीय साझेदाी गरेका थिए ।

वार्नर १६३ रन बनाएर आउट भए भने मिचेल मार्श १२१ रनमा आउट भए । मार्कस स्टोइनिस २१ तथा जोश इङ्लिस १५ रनमा आउट भए ।

पाकिस्तानका शाहीन अफ्रिदीले १० ओभरमा ५४ रन दिएर ५ विकेट लिए भने हारिस राउफले ३ विकेट लिँदा उसामा मिरले १ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय