
कोहलीको शानदार शतकमा भारतको लगातार चौथो जीत
काठमाडौं, २ कात्तिक । विराट कोहलीको शानदार शतकमा घरेलु टोली भारतले आइसिसी क्रिकेट विश्वकपमा लगातार चौथो जीत हासिल गरेको छ । बिहिबार भएको खेलमा भारतले बङ्गलादेशलाई ७ विकेटले हराएको हो ।


बङ्गलादेशले दिएको २५७ रनको लक्ष्य भारतले ४१३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । भारतका लागि विराट कोहलीले अविजित शतकीय पारी खेले । कोहलीले ९७ बलमा ६ चौका र ४ छक्कासहित १०३ रनको अविजित इनिङ खेले । त्यस्तै केएल राहुल ३४ रनमा नटआउट रहे । शुभमन गिल ५३ कप्तान रोहित शर्मा ४८ रन र श्रेयस अय्यर १९ रनमा आउट भए । बङ्गलादेशका मेहदी हसन मिराजले १० ओभरमा ४७ रन दिएर २ विकेट लिए भने हसन महमुदले ८ ओभरमा ६५ रन दिएर १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बङ्गलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५६ रन बनाएको थियो । लिटन दासले ६६ तथा तोहिद रिदोयले ५१ रन बनाए । महमुदुल्लाहले ४६ रन बनाए ।
भारतका रविन्द्र जडेजाले १० ओभरमा ३८ रन दिएर २ विकेट लिए । जसप्रित बुमराहले १० ओभरमा ४१ रन दिएर २ विकेट लिए । मोहम्मद सिराजले १० ओभरमा ६० रन दिएर २ विकेट लिए । कूलदिप यादव र शार्दुल ठाकुरले १ १ विकेट लिए ।
लगातार चौथो जित निकालेको भारत ८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट समान अंक रहेको न्युजिल्यान्ड नेट रनरेटका आधारमा पहिलोमा छ । भारत र न्युजिल्यान्डले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएका छन् । बङ्गलादेश ४ खेलमा २ अंकसहित सातौं स्थानमा छ ।
Comments

