
कांग्रेस काठमाडौं ३ को महासमिति सदस्य मनोनयन किन पर्यो विवादमा ?
माइन्युट च्यातेको र बिधान मिचेको आरोपकाठमाडौ,१ कार्तिक।काठमाडौं क्षेत्र नम्बर- ३ मा भएको महासमिति मनोनयन पार्टी बिधान बिपरित भएको भन्दै केन्द्रिय कार्यालयमा उजुरी परेको छ।


क्षेत्र भित्र रहेका ५ जना पुर्व महासमिति सदस्य तथा हालका महाधिवेशन प्रतिनिधिले क्षेत्रले सर्वसम्मत गरिएको भनेर सार्बजनिक गरेको महासमिति सदस्य मनोनयन बदर गर्न माग गरेका छन् ।

उनीहरुले मनोनयन खारेजीको माग गर्दै कांग्रेस केन्द्रीय कार्यालय मा उजुरी र त्यसको बोधार्थ ११ ठाउँमा दिएका छन् ।पार्टीको केन्द्र,बागमती प्रदेश,काठमाडौ जिल्ला समिति,निर्वाचन समितिहरु र पदाधिकारी सबैलाई बोधार्थ दिएका छन् ।
‘कांग्रेस काठमाडौं जिल्ला क्षेत्र नम्बर ३ को महासमिति सदस्यको निर्वाचन सम्बन्धमा नेपाली कांग्रेसको विधान विपरीत तथा अन्य प्रयोजनका लागि आयोजना भएको क्षेत्रीय भेलाको उपस्थितिको माइन्युटको पाना च्यातेर त्यसैमा महासमिति सदस्यहरूको निर्वाचन सर्वसमत भयो भनेर तथा कथित निर्णय भएको भनेर पार्टीमा बुझाएको माइन्युट झुटा हो,’ केन्द्रिय कार्यालयमा दिएको निवेदनमा भनिएको छ ।
यसरी निवेदन दिनेमा पुर्व क्षेत्रीय सभापति,महासमिति सदस्य एवं हालका महाधिवेशन प्रतिनिधि समेत रहेका बिपी संग्रहालयका अध्यक्ष परशुराम पोखरेल सहित महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद बराल,जयराज भण्डारी,नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पा र शुशिला बराल छन् ।
Comments

