क्रिकेट विश्‍वकप: अपराजित दक्षिण अफ्रिका र जीतविहीन नेदरल्यान्ड्स खेल्दै

काठमाडौं, ३० असोज । भारतमा जारी आइसिसी क्रिकेट विश्‍वकप २०२३ अन्तर्गत आज दक्षिण अफ्रिका र नेदरल्यान्ड्सबीच खेल हुँदै छ । धर्मशालास्थित हिमाञ्‍चल प्रदेश क्रिकेट रङ्गशालामा खेल दिउँसो सवा २ बजेदेखि सुरु हुनेछ ।

यस खेलमा आइपुग्दा दुवै टोलीको अवस्था ठ्याक्कै विपरित छ । दक्षिण अफ्रिकाले खेलेका दुईवटै खेल जितेको छ भने नेदरल्यान्ड्स दुईवटै खेलमा पराजित रहेको छ ।

दक्षिण अफ्रिकाले श्रीलंका र अस्ट्रेलियालाई ठुलो अन्तरले हराएको थियो भने नेदरल्यान्ड्स पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको थियो ।

नेदरल्यान्ड्स एक ठुला टोलीलाई हराएर अप्रत्याशित नतिजा निकाल्न चाहन्छ भने दक्षिण अफ्रिका लगातार तेस्रो जितसहित सेमिफाइनलको सम्भावना थप मजबुत बनाउँदै लैजान चाहन्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...