
फिफा विश्वकप छनौट: नेपाल र लाओसबीचको दोस्रो लेग आज
काठमाडौं, ३० असोज । फिफा विश्वकप २०२६ को छनौटअन्तर्गत पहिलो चरणको खेलको दोस्रो लेगमा नेपालले आज लाओससँग खेल्दै छ । दुई लेगमा खेलाइने खेलको दोस्रो लेग मङ्गलबार लाओसको घरेलु मैदानमा साँझ ५:४५ बजेपछि सुरु हुनेछ ।


यसअघि पहिलो लेगमा दशरथ रङ्गशालामा भएको खेलमा नेपाल र लाओसले १-१ गोलको बराबरी खेलेका थिए । नेपाल अञ्जन विष्टको गोलमा हारबाट जोगिएको थियो ।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसले पहिलो खेलमा विभिन्न पक्षमा कमजोरी देखिएकाले त्यसमा सुधार गरी दोस्रो लेगमा राम्रो प्रदर्शन गर्ने जनाएका छन् ।
आजको खेल नेपालले जित्नैपर्ने दबाब रहेको छ । आजको खेल जुनसुकै स्कोरले बराबर भएपनि अतिरिक्त समय र पेनाल्टीमा जानेछ ।
यस खेल जितेमा नेपाल छनौटको दोस्रो चरणमा पुग्ने छ ।
Comments

