
केपी ओली र शेखर कोइरालाबीच लिखित सहमति !
दसैंपछि प्रचण्ड नेतृत्वको सरकार ढाल्नेकाठमाडौं, २९ असोज । नेपाली काँग्रेसमा विद्रोह गरेसँगै डा.शेखर कोइराला पक्षले नेकपा एमालेसँग प्रदेश र केन्द्र सरकार गठनमा समेत सहकार्य गरेर अघि बढ्ने सहमति गरेका छन् ।


नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफ्नै पार्टी सभापति शेरबहादुर देउवासंगै बसेर डा.शेखरले बर्तमान गठबन्धनलाई बलियो बनाउने लिखित प्रतिबद्धता जनाएपछि केपी ओलीसँग अर्को सम्झौता गरेका हुन् ।स्रोतका अनुसार ओलीसंग डा.कोइरालाले प्रदेशदेखि केन्द्र सरकारसम्म मिलेर अघि बढ्ने लिखित सहमति गरेका छन् ।

जसमा सबै प्रदेश र केन्द्रको प्रचण्ड नेतृत्वको सरकार ढाल्ने लिखित नै गरिएको छ। यसअघि कोशी प्रदेश सरकार गठनमा ओली र कोइराला नजिकिएका थिए।कोशीमा हाल मुख्यमन्त्री सहित ३ सदस्यीय मन्त्रीमण्डलमा कांग्रेसको कोइराला पक्ष र एमालेको मात्रै सरकारमा सहभागिता छ।
पार्टी सभापति शेरबहादुर देउवा तथा महामन्त्रीद्वय गगन थापा र बिश्वप्रकाश शर्माको समेत असहमति हुँदाहुँदै डा.शेखरले कोशीमा विद्रोह गरेपछि अहिले केन्द्रसम्म एमालेसँग सहकार्य गर्न लिखित गरिएको एक नेताले जानकारी दिए। सहमति अनुसार एमालेले कोशी प्रदेशमा कांग्रेसभित्रका डा.कोइराला पक्षीय नेता केदार कार्की र बागमतीमा इन्द्र बानियाँलाई सघाउने छ भने गण्डकी,कर्णाली र सुदुरपश्चिममा एमालेलाई मुख्यमन्त्रीमा कोइराला पक्षले सहयोग गर्ने तयारी छ।
एमाले अध्यक्ष ओलीसंगको सहमतिमा कोइराला पक्षले केन्द्रमा राष्ट्रिय सरकार निर्माणमा जोड दिएको छ। यसमा सबै दललाई सहभागी गराउने गरि सरकार गठन गर्ने र त्यसको नेतृत्व आलोपालो हुने भनिएको स्रोतले बतायो।
अब दुई वा तीन दल मिलेर सरकार गठन गर्नुभन्दा राष्ट्रिय सरकार आवश्यक भएकोले एमालेसँग नजिक भएको कोइराला पक्षीय एक नेताले बताए।‘अब ठूलो पार्टी भएको नाताले पनि एमालेलाई साथमा लिएर सरकारको नेतृत्व कांग्रेसले गर्नपर्छ’ उनले भने-‘माओवादीलाई पनि सरकारमा सँगै लैजाने हो तर,काँध थापेर हिड्ने होइन।’
यही गठबन्धनलाई निरन्तरता दिने तर एमालेलाई पनि सहभागी गराउने र नेतृत्व कांग्रेसले गर्ने शेखर पक्षको बटमलाइन भएको ती नेताले बताए । डा. शेखरको पछिल्लो गतिविधिलाई पार्टी महामन्त्री बिश्वप्रकाश शर्मा सहित शेखर समुहकै केही नेताले रुचाएका छैनन् । गगन थापा, बद्री पाण्डे, प्रदीप पौडेल, अर्जुन नरसिंह केसी, धनराज गुरुङ, जीवन परियार लगायत नेताहरू मौन छन् ।
Comments

