
अफगानिस्तानद्वारा इंग्ल्यान्डलाई बलियो लक्ष्य
काठमाडौं, २८ असोज । भारतमा जारी आइसिसी क्रिकेट विश्वकप अन्तर्गत आज इंग्ल्यान्ड र अफगानिस्तानबीच खेल भइरहेको छ ।


दिल्ली स्थित अरुण जेट्ली रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले इंग्ल्यान्डलाई २८५ रनको लक्ष्य दिएको छ । अफगानिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमाएर २८४ रन बनायो ।

ओपनर रहमनुल्लाह गुरबाजले सर्वाधिक ८० रन बनाए भने इक्रम अली खिलले ५८ रन बनाउँदा इब्राहिम जाद्रान र मुजिब उर रहमानले समान २८ रन तथा राशिद खानले २३ रनको योगदान दिए ।
इंग्ल्यान्डका आदिल राशिदले १० ओभरमा ४२ रन दिएर ३ विकेट लिए । मार्क वूडले ९ ओभरमा ५० रन दिएर २ विकेट लिए । लियाम लिभिङ्स्टनले १० ओभरमा ३३ रन दिएर १ विकेट लिए । रीश टोपली र जो रुटले पनि १ १ विकेट लिए ।
Comments

