
विश्वकपमा इंग्ल्यान्ड र अफगानिस्तान खेल्दै
काठमाडौं, २८ असोज । भारतमा जारी आइसिसी क्रिकेट विश्वकप अन्तर्गत आज इंग्ल्यान्ड र अफगानिस्तानबीच खेल हुँदै छ । दिल्ली स्थित अरुण जेट्ली रङ्गशालामा दिउँसो सवा २ बजेदेखि खेल सुरु हुने छ ।


जारी विश्वकपमा इंग्ल्यान्डले दुई खेल खेल्दा एकमा जित र एकमा हार व्यहोरेको छ । अफगानिस्तान भने हालसम्म खेलेका दुवै खेलमा पराजित भएको छ । भारतविरुद्ध अफगानिस्तानको बलिङ चलेको थिएन ।

गत संस्करणको विश्वकपमा इंग्ल्यान्डले अफगानिस्तानविरुद्ध विशाल योगफल खडा गरेको थियो । तत्कालिन कप्तान इयान मोर्गानले कीर्तिमानी १७ छक्का प्रहार गरेका थिए । अफगानिस्तानका स्टार बलर राशिद खानले ९ ओभरमा ११० रन खर्चेका थिए ।
अफगानिस्तान यो इतिहास बिर्सेर इंग्ल्यान्डलाई कडा चूनौति दिन चाहन्छ ।
Comments

