
राम्रो सुरुवातका बाबजुद लय गुमाउँदा पाकिस्तान सस्तैमा समेटियो
काठमाडौं, २७ असोज । भारतमा जारी आइसिसी एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गत शनिबार पाकिस्तान र घरेलु टोली भारतबीच खेल भइरहेको छ ।


अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले भारतलाई १९२ रनको लक्ष्य दिएको छ । पाकिस्तान ४२.५ ओभरमा १९१ रनमा अलआउट भयो ।

कुनै समय १५५-२ को बलियो स्थितिमा रहेको पाकिस्तानले त्यसपछि लय गुमायो । त्यसपछि निरन्तर रुपमा विकेट गुमाउँदा पाकिस्तानले महाभिडन्तमा बलियो योगफल बनाउन सकेन ।
पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५० रन बनाए भने मोहम्मद रिजवान ४९ रनमा आउट भए । इमाम उल हक ३६ रनमा आउट भए । ओपनर अब्दुल्लाह शफिकले २० रन बनाए ।
भारतका लागि जसप्रित बुमराहले ७ ओभरमा १९ रन मात्र दिएर २ विकेट लिए । कूलदीप यादवले १० ओभरमा ३५ रन दिएर २ विकेट लिए भने रविन्द्र जडेजाले ९.५ ओभरमा ३८ रन दिएर २ विकेट लिए । हार्दिक पान्ड्याले ६ ओभरमा ३४ रन दिएर २ विकेट लिए भने मोहम्मद सिराजले ८ ओभरमा ५० रन दिएर २ विकेट लिए ।
Comments

