
बङ्गलादेशद्वारा न्युजिल्यान्डलाई मध्यम लक्ष्य
काठमाडौं, २६ असोज । भारतमा जारी आइसिसी एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गत शुक्रबार न्युजिल्यान्ड र बङ्गलादेशबीच खेल भइरहेको छ ।


चेन्नईस्थित एमए चिदाबरम क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेशले न्युजिल्यान्डलाई २४६ रनको लक्ष्य दिएको छ । बङ्गलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४५ रन बनायो ।

बङ्गलादेशका लागि मुस्फिकर रहिमले सर्वाधिक ६६ रन बनाए भने महमदुल्लाह ४१ रनमा अविजित रहे । त्यस्तै कप्तान शाकिब अल हसनले ४० तथा मेहदी हसन मिराजले ३० रन बनाए ।
न्युजिल्यान्डका लकी फर्गुसनले १० ओभरमा ४९ रन दिएर ३ विकेट लिए भने ट्रेन्ट बोल्टले १० ओभरमा ४५ रन दिएर २ विकेट लिए । म्याट हेनरीले १० ओभरमा ५८ रन दिएर २ विकेट लिए । मिचेल सान्टनर र ग्लेन फिलिप्सले १-१ विकेट लिए ।
Comments

