प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं, २६ असोज । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो २ बजेदेखि प्रतिनिधि सभा बैठक बस्नेछ।

आजको बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री श्री शक्तिबहादुर बस्नेतले ‘विद्युत विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

आजकै बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरुको अनुपस्थितिको सूचनाहरु सभाको स्वीकृतिको लागि पेश गर्ने कार्यसूची छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय