विश्‍वकपमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं, २५ असोज । भारतमा जारी आइसिसी एकदिवसीय क्रिकेट विश्‍वकप अन्तर्गत बिहिबार एक खेल हुँदै छ ।

आज अस्ट्रेलिया र दक्षिण अफ्रिका आमनेसामने हुँदै छन् । लखनउस्थित एकना क्रिकेट स्टेडियममा हुने खेल दिउँसो सवा २ बजेदेखि सुरु हुने छ ।

अस्ट्रेलियाले पहिलो खेलमा भारतसँग हार व्यहोरेको थियो भने दक्षिण अफ्रिकाले विशाल योगफल खडा गरी श्रीलंकालाई पराजित गरेको थियो ।

अस्ट्रेलिया विश्‍वकपको पहिलो जीतको खोजीमा हुनेछ भने दक्षिण अफ्रिका लगातार दोस्रो जीत निकाल्दै विश्‍वकपको शीर्ष चारमा पर्ने सम्भावना सुरुवातदेखि नै बलियो बनाउन चाहन्छ ।

पहिलो खेलमा श्रीलंकाविरुद्ध दक्षिण अफ्रिकाका क्‍विन्टन डिकक, राशी भान डेर डुसेन र एइडेन मार्क्रमले शतक प्रहार गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय