
फिफा विश्वकप छनौट: नेपालले घरेलु मैदानमा लाओससँग खेल्दै

काठमाडौं, २५ असोज । फिफा विश्वकप २०२६ को छनौटअन्तर्गत पहिलो चरणको खेलमा नेपालले आज लाओससँग खेल्दै छ । दुई लेगमा खेलाइने खेलको पहिलो लेग बिहिबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजेपछि सुरु हुनेछ ।
प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले दुई नयाँ खेलाडी समेट्दै बुधबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेका छन् । डिफेन्डर अमृत श्रेष्ठ र फरवार्ड सञ्जिव विष्टले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।


घरेलु मैदानमा दर्शकको भरपुर साथले खेलमा हौसला बढ्ने कप्तान किरण चेम्जोङले विश्वास व्यक्त गरेका छन् । प्रशिक्षक एनेसले पनि खेल राम्रो हुने बताएका छन् ।

दोस्रो लेग भने असोज ३० गते लाओसमा हुने छ ।
Comments

